Ad Image

दुर्गा प्रसाईका दाजु राकेश पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744034248.jpg

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंलाई पक्राउ गरेको छ । उनलाई काठमाडौंबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए । उनलाई चैत १५ गतेको घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ । राकेश पनि दुर्गा प्रसाईकै अभियानका अभियन्ता हुन् ।

 

यसअघि प्रहरीले दुर्गा प्रसाईंको निजी सुरक्षामा खटिएका व्यक्तिसहित उनका सहयोगीलाई पक्राउ गरेको थियो। प्रदर्शनमा उच्छृङ्खल गतिविधि गरेको तथा तोडफोड गरेको आरोपमा प्रहरीले करिब ७० जनालाई पक्राउ गरेको छ ।