राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज प्रदर्शनसहित आमसभा गर्दैछ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शन स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो । राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोध सभासहितको प्रदर्शन गर्नुका साथै वैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।
प्रदर्शनको पूर्व तयारीका लागि सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रदर्शन र सभालाई सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको थियो । गत गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राप्रपाले आजको प्रदर्शन अनुशासित बनाउन विशेष जोड दिएको छ ।