काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर


काठमाडौं । काठमाडौं उपत्यकाको वायु अति अस्वस्थकर भएको छ । विश्वका प्रदूषित शहरहरूको सूचीमा काठमाडौं उपत्यका शीर्ष स्थानमा उक्लिएको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।
आज काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २६२ रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ । नेपाल पछि दोस्रो नम्बरमा भारतको दिल्ली, भियतनामको हनोइ तेस्रो तथा पाकिस्तानको लाहोर चौथो स्थानमा छन् ।
मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।
