प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभामा सम्बोधन गर्ने


जनकपुरधाम। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्बोधन गर्ने भएका छन् । आज बस्ने मधेश प्रदेशको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।
बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको छ । प्रधानमन्त्री ओलीले प्रदेशसभाबाट सम्बोधन गर्ने भएपछि त्यसको तयारी भव्य रूपमा गरिएको छ । बाहिर गेट बनाउनेदेखि सभाहलमा कार्पेट लगाउने र सभाहलका कुर्सी मर्मत समेत गरिएको छ ।
प्रदेशसभाको सम्बोधनपछि प्रधानमन्त्री ओली सिरहामा हुने आम सभालाई सम्बोधन गर्न जाने कार्यतालिका रहेको छ । प्रधानमन्त्री ओलीले सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्ने र सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।