Ad Image

रवि जेल गएपछि पहिलो पटक रास्वपाको सचिवालय बैठक बस्दै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744167185.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैछ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

 

बैठकको छलफलका एजेण्डाहरुमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, महाधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन । सभापति रवि लामिछाने पुनः पक्राउ परे पछि रास्वपाले पहिलो पटक केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको हो ।