Ad Image

झापामा चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744194366.jpg

काठमाडौँ । झापामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ । शनिबार बिहान पानीसँगै परेको चट्याङ लागेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी निवासी ४० वर्षका प्रकाश राउतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


चट्याङ लागेरै मृतक राउतकी श्रीमती ३५ वर्षकी सुनिता राउत र उनका भाउजु ३६ वर्षकी मञ्जु राउत घाइते भएका छन् । दुवैको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ ।


शनिबार बिहान ८ बजेको समयमा खेतमा काम गरिरहेका राउत परिवारलाई चट्याङ लाग्दा तीनैजना गम्भिर घाइते भएका थिए ।


घाइते तीनैजनालाई उपचारका लागि ओमसाई अस्पताल लगिएको र प्रकाशको उपचारको क्रममा मृत्यु भएको डिएपसी श्रेष्ठले बताए।