Ad Image

ताराखोला–३ का वडाध्यक्ष भण्डारी मृत अवस्थामा फेला

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744199767.jpg

बागलुङ । बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा भण्डारीको शव भेटिएको हो ।

 

डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

 

ताराखोला प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।

 

भण्डारी विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।