स्थानीय तहमा गैरदलीय आधारमा चुनाव गराउन माग गर्दै सर्वाेच्चमा रिट


काठमाडौं । स्थानीय तहको निर्वाचनमा राजनीतिक पार्टीबाट जितेका जनप्रतिनिधिहरुको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता प्रकाश अधिकारीले दलको उम्मेदवारका रुपमा निर्वाचित भएकाहरुको पद एकमुष्ट खारेज गरी गैरदलीय आधारमा चुनाव गराउन माग गर्दै रिट दायर गरेका हुन् ।
संवैधानिक इजलासमा दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि वैशाख १७ गते पेशी तोकिएको छ। नेपालको संविधानले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको चुनाव दलीय आधारमा गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहको चुनावमा भने दलीय आधारमा गर्नुपर्ने व्यवस्था नगरेको रिट कर्ताको जिकिर छ ।
संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर स्थानीय तहमा दलीय आधारमा चुनाव हुने गरी बनाइएका कानुन, नियमावली र निर्देशिका एकमुष्ट खारेज गरेर दलविहीन तरिकाले पुनः चुनाव गराउनुपर्ने माग रिटमा गरिएको छ।
निवेदकले विश्वका दलीय व्यवस्था भएका देशहरुमा समेत स्थानीय चुनाव गैरदलीयमा आधारमा हुने अभ्यास रहेको जिकिर गरेका छन्। दलविहीन स्वतन्त्र स्थानीय निकाय अमेरिका, क्यानडा, न्यजील्याण्ड, अस्ट्रेलिया, स्वजरल्याण्ड, जापान जस्ता देशले अंगीकार गरेका छन्।
२०७९ सालमा भएको स्थानीय तहको चुनावमा देशभरका ७५३ स्थानीय तहमा ३६ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरानका मेयर हर्क साङ्पाङसहित एकाध ठाउँमा बाहेक दलका उम्मेदवारले नै जितेका छन्।
यस्तो छ रिट