Ad Image

कैलालीको लम्कीचुहाका सडकमा उच्च क्षमताको 'हाइमास्ट लाइट' जडान

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744217715.jpg

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाले सडकमा उच्च क्षमताको हाइमास्ट लाइट जडान गरेको छ । नगरपालिका अन्तर्गत पर्ने पूर्व-पश्चिम राजमार्गको विभिन्न ५ ठाउँमा हाइमास्ट लाइट जडान गरिएको मेयर सुशीला शाहीले जानकारी दिइन् । 

लाइट जडान गरेसँगै सडक उज्यालो भएको छ ।  बाँकी रहेका अन्य स्थानमा पनि लाइट जडान गर्न चालु आर्थिक वर्षमा बजेटको व्यवस्था गरिने मेयर शाहीले बताइन् । साथै लम्की टिकापुर सडकखण्डमा समेत सडक बत्ति जडान प्रकृया अघि बढेको नगरपालिकाले जनाएको छ ।