Ad Image

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस वीपी राजमार्गमा दुर्घटना, ११ जना घाइते

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744261248.PNG

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेस्थित वीपी राजमार्गमा बस दुर्घटना भएको छ ।काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो ।

 

बस सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ।

 

बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइससँग  ठोक्किएर बाँस झ्याङमा खस्न पुगेको थियो । तर हाइसका यात्रुलाई भने केही नभएको प्रहरीले जनाएको छ ।