Ad Image

कर्णालीका मुख्य ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, अन्य मार्गको अवस्था कस्तो छ ?

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744262515.jpg

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका आधा दर्जन भन्दा बढी राजमार्गहरु अवरुद्ध भएका छन् । प्रहरीका अनुसार कर्णाली प्रदेशका तीनवटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेका छन् ।  रुकुम पश्चिममा राप्ति राजमार्ग अन्तरगत मुसिकोट ११ पृतिवाङ खोलामा सडक अवरुद्ध छ । 

 

यस्तै कालिकोटको सुर्खेत हुम्ला सडकखण्ड अन्तरगत पचालझर्ना ८ जाजरकोटमा पहिरोले सडक अवरुद्ध छ । सल्यानको जाजरकोट सडकखण्डको बनगार कुपिन्डे ११ धारापानीमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध छ ।

 

यता, बागमती प्रदेशको काभ्रेपलान्चोकका तीन स्थानमा सडक एकतर्फी सञ्चालनमा छन् । बीपी राजमार्ग अन्तरगत रोशी ८ चारसयवेशी, सोशी ७ घुमाउने र रोशी ११ पिप्लेमा सडक एकतर्फी सञ्चालनमा छ ।

 

धादिङको बेनिघाटरोराङ ७ कष्णभिरमा पनि पहिरो जाँदा सडक रुकतर्फी छ । उता, दार्चुलाको गोकुलेश्वर-दार्चुला सडकखण्डमा पर्ने महाकाली ५ मा पहिरो जाँदा सडक एकतर्फी संचालनमा रहेको प्रहरीले जनाएको छ ।