त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । उनको राजीनामा बिहीबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले स्वीकृत गरेका हुन् ।
बरालले स्वास्थ्य कारण देखाउँदै १५ चैतमा प्रधानमन्त्री एवं त्रिविका कुलपति ओलीलाई सम्बोधन गरी राजीनामा दिएका थिए ।
कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा राजिनामा दिएको जनाएको थिए ।
उनले राजिनामा दिएको २ साता पछि आज स्विकृत भएको हो । उनको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रेक्टर र रजिस्ट्रारले पोखरा पुगेर बराललाई राजीनामा फिर्ता गर्न आग्रह गरे पनि उनी काममा फर्किन तयार भएका थिएनन् ।
उपकुलपति बरालको राजीनामा स्वीकृत भएसँगै बरालले नियुक्ती गरेका रेक्टर र रजिस्ट्रारलाइ पनि राजीनामाका लागि दबाब परेको छ ।