सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता जारी


काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता भइरहेको छ । शिक्षामन्त्री विद्या भट्टराई सहितको टोलीसँग महासंघले वार्ता सुरु गरेको हो ।
वार्तामा शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
नेपाल सरकार र महासंघबीच विगतमा पटक–पटक भएका सहमति अनुसार अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरुको एकसूत्रीय माग छ । वार्ताबाट पनि शिक्षा ऐन जारी हुने विश्वासिलो आधार नभए आन्दोलन जारी राख्ने शिक्षकहरुले अडान राख्दै आएका छन् ।