Ad Image

बाजुरामा चट्याङ लागेर एक नाबालिकाको मृत्यु, आमा घाइते

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744295830.jpg

बाजुरा । बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ ।


चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।


उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते भएकी छिन् ।