Ad Image

दुर्गा प्रसाईंलाई चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइँदै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744354971.jpg

काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइँदै छ । बोर्डिङ पास भएर प्रसाईँ र उनका अंगरक्षक दीपक खड्कालाई बुद्ध एअरको प्लेनमा चढाइएको छ ।

 

केही बेरमै उनीहरुलाई काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराइने छ । काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्याइएको छ । 

 

भारतको आसामबाट पक्राउ परेका प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् । उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।


 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक घटना भएपछि फरार रहेका प्रसाईंलाई प्रहरीले खोजिरहेको थियो ।