Ad Image

रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता

User Image मेयरसाप डेस्क | २ महिना अगाडि
Image of storage/news/1744363787.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 

 

शुक्रबार लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावललगायतले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।


 

यसअघि सुप्रिम सहकारी ठगी र संगठित अपराध मुद्दामा एक करोड रुपैयाँ धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो । उच्च अदालतको आदेश अनुसार पक्राउ परेका लामिछाने अहिले थुनामा छन् ।