Ad Image

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744366075.PNG

काठमाडौं । चैत १५ गतेको तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर राज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिएको हो ।


 

अदालतले प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश दिएको छ ।

 

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक घटना भएपछि फरार रहेका प्रसाईंलाई प्रहरीले बिहीबार भारतको आसामबाट पक्राउ गरी आज बिहान झापा ल्याइएको थियो । झापाबाट आज नै उनलाई काठमाडौं ल्याइएको थियो । प्रसाईंमाथि राजावादी प्रदर्शन भड्काउन भूमिका खेलेको आरोप छ ।