Ad Image

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. तिवारी नियुक्त

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744375978.PNG

कास्की । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिवारीलाई कुलपतिमा नियुक्त गरेका हुन् ।

 

कुलपति नियुक्त गर्दै मुख्यमन्त्री पाण्डेले तिवारीलाई विवाद र राजनीतिक प्रभावमुक्त विश्वविद्यालय बनाउन आग्रह गरेका छन्।

 

कुलपति प्रा.डा. गणेशमान गुरुङको फागुन ४ गते ५ वर्षीय कार्यकाल सकिएको थियो । गुरुङको कार्यकाल सकिएसँगै कुलपतिका लागि दरखास्त आह्वान भएको थियो ।

 

कुलपति बन्ने अन्तिम छनोटमा तिवारीसहित प्रा.डा. विश्वकल्याण पराजुली र सरोज कोइराला परेका थिए । तीन जनाबाट मुख्यमन्त्री पाण्डेले तिवारीलाई कुलपति नियुक्त गरेका हुन् । तिवारी पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत बनिसकेका छन् ।


 

२०७६ सालमा ऐन बनाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वविद्यालय स्थापना गरेको थियो । विश्वविद्यालयलाई स्वयत्त र सरकारको प्रभाव नपार्ने हेतुले नै गण्डकीमा ऐनमै पूर्णकालीन शैक्षिक क्षेत्रको कुलपतिको व्यवस्था गरिएको छ ।