Ad Image

सांसद यादवले भनिन्– म मन्त्री भएको भए त्यतिबेलै दुर्गा प्रसाईंलाई 'सुट' गर्न आदेश दिन्थेँ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744378501.jpg

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नगिना यादवले आफू मन्त्री भएको भए दुर्गा प्रसाईंलाई गोली हान्ने आदेश दिने बताएकी छन् ।  प्रतिनिधिसभा अन्तर्गत कानुन समितिको शुक्रबार बसेको बैठकमा सांसद यादवले प्रहरीमाथि गाडी कुदाउने दुर्गा प्रसाईंलाई त्यतिबेलै सुट गर्नुपर्ने बताएकी हुन्।

 

चैत १५ गते तीनकुनेमा निषेधित क्षेत्र तोडेर प्रसाईंले प्रहरीमाथि गाडी कुदाएको भन्दै अगाडि उनले भनिन्  ‘यो कुरा मैले बोल्न मिल्छ कि मिल्दैन भन्न सक्दिनँ। तर, यदि म मन्त्री भएको भए प्रसाईंमाथि सुट गर्न आदेश दिन्थेँ,’ ।

 

चैत १५ गते तीनकुने क्षेत्रमा गाडी हाँक्दै आएका प्रसाईंले प्रहरीको तीन लहरमाथि गाडी हुत्याउँदै निषेधितबाट अघि बढेका थिए । प्रसाईंले आओ, आ‌ओ भन्दै भिडमा रहेकाहरूलाई निषेधित क्षेत्र तोड्न पनि उकासेका थिए ।

 

त्यही प्रसंगमा सांसद यादवले आफूलाई उक्त दृश्य हेरेपछि असह्य भएको बताएकी छन्। यादवले तीनकुनेमा प्रदर्शनकारीले बन्दुक खोसेपछि मात्रै प्रहरीले गोली चलाएको पनि जिकिर गरिन् । 

 

‘प्रहरीकै हतियार खोस्नु अराजकताको पराकाष्ठा हो’, उनले थपिन्, ‘सबै प्रहरीको हतियार खोसेको भए के हुन्थ्यो ? यसको गम्भीर छानबिन हुनुपर्छ। जोसुकै दोषी हुन्, कडाभन्दा कडा बारबाही हुनुपर्छ ।’ चैत १५ गते तीनकुनेमा प्रदर्शनकारीले उग्र शैली अपनाउँदा दुई जनाको ज्यान गएको थियो ।