Ad Image

म्याग्दे गाउँपालिकामा उत्पादनमा आधारित अनुदानका लागि ३५ लाख बजेट विनियोजन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744439234.jpg

तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरणका लागि रू ३५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले उत्पादनमूलक तथा रोजगारमूलक व्यावसायिक योजनामा आधारित कार्यक्रममा लागत साझेदारी बमोजिम अनुदान वितरणको प्रक्रिया अगाडि बढाएको हो ।

 

उत्पादनमा आधारित अनुदान कार्यक्रमतर्फ रू ३० लाख तथा दूधालु गाई खरिद अनुदान लागत साझेदारीमा रू पाँच लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

 

गाउँपालिकाले लागत साझेदारी अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रम कार्यन्वयन गर्न इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका उत्पादन गरिरहेका व्यावसायिक व्यक्ति तथा उत्पादनमूलक र रोजगारमूलक व्यावसायिक योजना बनाएका अर्ध बेरोजगार/बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवालाई निवेदन दिन आग्रह गरिएको अधिकारीले बताए ।

 

उक्त कार्यक्रमअन्तरगत ठूला व्यवसायतर्फ कृषि, पशु, पर्यटन, उद्यमलगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण र आयआर्जनका लागि पशुधन खरिद, प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रम गर्न चाहने कूल पुँजी रू ५० लाख वा सो भन्दा बढी  भएको र कम्तीमा तीन जनालाई रोजगारी दिएको व्यक्तिलाई ५० प्रतिशत अनुदानको रकम रू पाँच लाख उपलब्ध गराइने अधिकारीले उल्लेख गरे ।

 

त्यस्तै मझौला व्यवसायअन्तर्गन कृषि, पशु, पर्यटन, उद्यमलगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण आयआर्जनका लागि पशुधन खरिद प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रम र साना व्यवसाय अन्तरगत र स्वरोजगारतर्फ कृषि पशु, पर्यटन, उद्यम लगायतका क्षेत्रमा क्षेत्रगत पूर्वाधार निर्माण आयआर्जनका लागि पशुधन खरिद प्रविधि खरिद र आयआर्जन र रोजगारमूलक कार्यक्रमका लागि पनि लागत साझेदारीको ५० प्रतिशत अनुदान उपलब्ध गराइने अधिकारीले जानकारी दिए ।