Ad Image

इजरायललाई सूचना बेच्ने टर्कीका बीमा मालिकका परिवारलाई १०० वर्ष जेल

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744443154.jpg

एजेन्सी । इजरायली खुफिया एजेन्सी मोसादको लागि काम गर्ने एक बीमा कम्पनीका मालिकको परिवारले जेल सजाय पाएका छन् । जासुसी गरेको आरोपमा अहमद एरसिन तुम्लुकाली र उनका परिवारका सदस्यलाई समेत कडा सजाय सुनाइएको हो ।

 

इस्तानबुलको एक अदालतले यस जासुसी मुद्दामा उक्त परिवारको सबैलाई जम्मा १०० वर्षको सजाय सुनाएको छ । यो मामला अप्रिल २०२३ को हो, जब टर्कीको राष्ट्रिय खुफिया एजेन्सी एमआईटीले ठूलो कारबाही गर्‍यो र धेरै संदिग्धहरूलाई पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा यी व्यक्तिहरू इजरायलको गुप्तचर एजेन्सी मोसादका लागि काम गरिरहेको खुलासा भएको थियो ।


 

यी संदिग्धहरू मोसाद एजेन्टहरूसँग मात्र सम्पर्कमा थिएनन्,  तिनीहरूले धेरै महत्त्वपूर्ण जानकारी पनि मोसादसँग साझा गरेका थिए । यस मामिलामा सबैभन्दा ठूलो नाम प्रकाशमा आएको थियो, अहमद एरसिन तुम्लुकालीको । उनी जासुसी नेटवर्कको प्रमुखको रूपमा रहेको बताइएको छ ।


 

अदालतले उनलाई २२ वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ,  जुन ‘राम्रो व्यवहार’ को आधारमा घटाएर १८ वर्ष ९ महिनामा कायम हुन सक्नेछ । उनकी श्रीमती बेनान तुम्लुकालीलाई १६ वर्ष ८ महिना र छोरी डिला सुल्तान शिमशेकलाई १५ वर्ष ७ महिना १५ दिनको जेल सजाय सुनाइएको छ ।


 

अदालतले यस परिवारका अन्य तीन सहयोगीलाई पनि यस्तै सजाय सुनाएको छ । उनीहरु सबैलाई विदेशी गुप्तचर निकायका लागि जासुसी गर्ने, राष्ट्रिय सुरक्षा विरुद्धको गतिविधिमा संलग्न रहेको र गोप्य सूचना सङ्कलन गर्ने जस्ता गम्भीर आरोपमा दोषी ठहर गरिएको थियो । यो सजाय इस्तानबुलको २३ औं भारी दण्ड अदालतले दिएको हो ।