Ad Image

दुई समुदायबीचको झडपले वीरगञ्ज तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744461472.jpg

पर्सा । वीरगञ्ज महानगरपालिका २ छपकैयामा हनुमान जयन्तीको शोभायात्रा गर्ने क्रममा आज झडप भएको छ । शोभायात्रा गर्ने क्रममा छप्कैया चोकमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो ।

अन्य समुदायका व्यक्तिहरुले शोभायात्रामा ढुङ्गा हानेको भन्दै हिन्दू युवाहरु तोडफोडमा उत्रिएका हुन् । सो क्रममा केही पसल र मोटरसाइकलमा आगजनी भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ ।  अहिले त्यहाँको अवस्था तनाव ग्रस्त बनेको र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको पर्सा प्रहरीले जनाएको छ ।