वीरगञ्जमा दुई पक्षबीचको झडपले अवस्था तनावग्रस्त, कर्फ्यु लगाउने तयारी

काठमाडौं । पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई पक्षबीचको झडपले अवस्था तनावग्रस्त बनेको हो ।
केही पसलहरूमा आगजनी समेत गरिएको छ । झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको छ । कुन कुन ठाउँमा कर्फ्यु लगाउने भन्नेबारेमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको बताइएको छ ।