Ad Image

बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744462361.PNG

काठमाडौं । काठमाडौंको बबरमहलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा  मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । परिचय नखुलेका व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

 

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।