Ad Image

चारदेशीय टी–२० सिरिज फाइनल आज : उपाधिका लागि नेपाल र कुबेत भिड्दै

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744508571.jpg

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्दैछ । शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको हो। आज नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्न लागेको हो । हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भए पछि नेपाल स्वतः फाइनलमा पुगेको हो ।

 

लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराउँदै र लिगको अन्तिम खेलमा हङकङ विरुद्धको वर्षाका कारण रद्द भए पनि  तीन खेलबाट ५ अङ्क जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।

 

यता, हिजो कतारलाई पराजित गरेको कुवेतले पनि फाइनलमा स्थान पक्का गरेर नेपालसँग भिड्न आएको हो। समूह चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। त्यसअघि कतारलाई ८ विकेटले पराजित गरेको थियो।