Ad Image

पूर्व आईजीपी राणाको निधन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744519206.jpg

काठमाडौं । नेपाल प्रहरीका पूर्व आइजीपी प्रदीप समशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

 

राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।  राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त सङ्गठनमा समायोजित भएका थिए ।

 

सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । उनको छोरा दीप शमशेर जबरा नेपाल प्रहरीका एसएसपी पदमा कार्यरत रहेका छन्।