Ad Image

सुनको मूल्य निरन्तर बढ्दै, एक तोलाको रु. एक लाख ८६ हजार

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744523041.jpg

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य रु. एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु. एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा रु. एक हजार बढेको हो । आज प्रतितोला चाँदीमा रु. ५५ वृद्धि भएको छ । आज एक तोला चाँदी  एक हजार ९६० मा खरिदबिक्री हुनेछ ।