Ad Image

पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744546852.jpg

काठमाडौं । लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घ्याम्पे खोलामा लेदोसहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।


लेदोको कारण अहिले दुवैतर्फी बाटो अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।


‘लेदोसहितको पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरो रोकिएपछि पन्छाउने काम सुरु हुन्छ,’ एसपी सुवेदीले भने ।