Ad Image

वीरगञ्ज घटनाबारे दुई पक्षबीच ५ बुँदे सहमति

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744550998.jpg

काठमाडौं ।  पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राको क्रममा शनिबार भएको घटनाका विषयमा दुई पक्षबीच ५ बुँदे सहमति भएको छ  । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा दिनभर चार चरणमा बसेको बैठकले उक्त सहमति गरेको हो ।  


दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन आइतबार (आज) मध्याह्न १२ बजेसम्म जारी गरेको कर्फ्युलाई लम्ब्याएर राति १२ बजेसम्म पुर्याएको छ ।