Ad Image

पूर्वमन्त्रीले गाउँपालिका अध्यक्षविरुद्ध हालेको गालीबेइज्जती मुद्दामा दावी नपुग्ने फैसला

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744561612.jpg

रुपन्देही । जिल्ला अदालत नवलपरासी पश्चिमले गाली बेइज्जती मुद्दामा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको पक्षमा फैसला गरेको छ । आइतबार न्यायाधीश ताराकुमारी शर्माले पूर्वमन्त्री हृदयेस त्रिपाठीले हालेको गाली बेइज्जती मुद्दामा दावी नपुग्ने भन्दै गाउँपालिका अध्यक्ष यादवको पक्षमा फैसला गरेकी हुन् । 
 
त्रिभुवन मावि बेलाटारीका विद्यार्थीलाई कक्षाका लागि त्रिभुवन क्याम्पसको कक्षा कोठा व्यवस्थापन गर्ने क्रममा उत्पन्न विवादपछि त्रिपाठीले गाली गरेको आरोप लगाउँदै यस अगावै २०८० साउन ३१ मा मुद्दा दायर गरेका थिए ।