दशकौं पछि यो वर्ष पनि ठड्याउन सकिएन बिस्का जात्राको लिंगो


भक्तपुर । भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षक ५५ हात लामो ल्योसिंद्य (लिंगो) आइतबार उठाउन असफल भएको छ । डोरीको सहायताले सयौं युवाले तानेर लिंगोलाई उठाउने परम्परा रहेको छ। यो नै भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षण हो।
भेलुखेल ल्योसिंखेलमा आइतबार रातभर प्रयास भए पनि लिंगो उठाउन नसकेको हो । नउठेको लिंगोलाई आज भए पनि उठाई आजै ढाल्ने परम्परा छ । दशकौंपछि यो वर्ष लिंगो उठाउन असफल भएको हो ।
लामो अनि ठुलो भएकाले घन्टौंको प्रयासपछि मात्रै युवाहरू लिंगोलाई उभ्याउन सफल हुन्छन् । साँझदेखि लिंगो उठाउन सुरु गरे पनि राति अबेरसम्ममा उठाइसक्नुपर्ने परम्परा रहेको छ। कुनै वर्ष उठाउनै नसकेर भोलिपल्ट मात्रै उठाएको इतिहास पनि छ।