Ad Image

तोलामा १७ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744696601.jpg

काठमाडौं । गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।

 

गत आइतबार प्रतितोला एक लाख ८६ हजार रुपैयाँले कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार ७०० रुपैयाँले घटेको हाे ।

 

आज सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर एक हजार ९४५ मा खरिदबिक्री भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।