Ad Image

दशरथचन्द नगरपालिकामा पहिलो पटक नगर बस सञ्चालन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744698019.PNG

बैतडी । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा पहिलो पटक नगर बस सञ्चालनमा आएको छ । दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसका अवसरमा ३२ सिटको नगर बस सञ्चालनमा ल्याएको हो ।

 

नगरप्रमुख पुष्करराज जोशीले नगरपालिकाको तेस्रो स्थापना दिवस तथा २९ औँ वार्षिकोत्सवका अवसरमा नगर बस चलाएर उद्घाटन गरेका छन् । निर्वाचन अघि घोषणापत्रमा नै नगर बस सञ्चालन गर्ने उल्लेख गरेका प्रमुख जोशीले जनतासँगको वाचा पूरा गर्न पाउँदा खुसी लागेको बताए । उनले कार्यविधि बनाएर नगर बस सञ्चालनमा ल्याइएको बताएका छन् । नयाँ वर्षदेखि नै नगर बस नियमित रुपमा सञ्चालन हुने उनको भनाइ छ ।

 

सतबाँझ–चौराहबाट झुलाघाट नाकासम्म सञ्चालन हुने बसका कारण भारतबाट त्रिपुरासुन्दरी र निङ्लासैनी मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकलाई समेत सहज हुने बताइएको छ ।


३२ जनाको सिट क्षमता भएको बस ४९ लाखमा खरिद गरिएको हो ।