Ad Image

डेढ दशक अघिको युनिटी घोटाला काण्डमा सर्वोच्चको फैसला: सञ्चालकहरू दोषी ठहर

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744789251.jpg

काठमाडौं । डेढ दशक अघिको युनिटी घोटाला काण्डमा सर्वोच्च अदालतले सञ्चालकहरुलाई दोषी ठहर गरेको छ ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सञ्चालकहरूलाई दोषी ठहर गर्दै कैद र सजायको फैसला गरेको हो ।

 

युनिटीका अध्यक्ष काशीराम गुरुङसहित सञ्चालकहरू भीमबहादुर गुरुङ, इन्द्रबहादुर बिक, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्री, महेन्द्र केसी, विष्णुबहादुर क्षेत्रीलाई २ वर्ष ६ महिना कैद र जनही २५ हजार जरिवाना फैसला भएको छ । त्यसैगरी युनिटीका महाप्रवन्धक शिशिर योगीलाई र निर्देशक विश्वनाथ गौतमलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

 

विष्णुबहादुर क्षेत्रीको मृत्यु भइसकेकाले कैद र जरिवाना कट्टा गरिएको छ ।

 

त्यतिबेला प्रतिबन्ध गरेको पिरामिड शैलीको व्यवसाय गरेको आरोपमा युनिटीका सञ्चालकहरुमाथि प्रहरीले ठगी मुद्दा चलाएको थियो । उनीहरूमाथि ठगी, कम्पनी ऐनको उल्लंघन गरेको, राजस्व छलेको र अनुमतीविना बीमाको कारोबार गरेको लगायतका आरोप थियो । उनीहरुले पिरामिड आकारको सञ्जाल बनाई ३ लाख ४० हजार सदस्यबाट ३ अर्बभन्दा बढी रकम उठाएर अपचलन गरेका थिए ।