Ad Image

विमानस्थलमा एक युवकलाई दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कार्बाही

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744794719.jpg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवकलाई दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कार्बाही गरिएको छ । युएईबाट फर्किएका मोरङका सञ्जय ओझामाथि विमानस्थलमा दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई जिम्मेवारीबाट हटाएर कार्बाहीका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी झिकाइएको हो ।

 

तीनै जनाको जिम्मेवारी खोसेर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

 

१० दिनको बिदामा आइतबार बिहान ११ बजेतिर काठमाडौं आएका ओझाले विमानस्थलबाहिर निस्किँदै गर्दा आफू दुर्व्यवहारमा परेको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । 

 

ओझाका अनुसार विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए । त्यसपछि प्रहरीसँग पनि विवाद भएपछि लछारपछार पारेर उनलाई आगमन कक्ष भित्र लगेको भिडियोमा देख्न सकिन्छ । 

 

आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि प्रहरीलाई बोलाएको तर, प्रहरीले उल्टै दुर्व्यवहार गरेको ओझाको भनाइ छ । सामाजिक सञ्जालमा भिडियो ‘भाइरल’ भएपछि उक्त घटनाप्रति प्रहरीको व्यापक आलोचना भइरहेको छ ।