Ad Image

चितवनको ३ पालिकामा व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744818168.jpg

चितवन । जिल्लाका तीन पालिकामा व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तरगत व्यावसायिक प्याज प्रबर्द्धन कार्यक्रम सञ्चालन गरेको हो ।
 

जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिए । उनले भने, “चितवनको १२ हेक्टर क्षेत्रफलमा कार्यक्रम लागू गरिएको छ ।” नेपालमा हुने प्याज आयात रोक्नका लागि कार्यक्रम गरिएको बताउँदै उनले भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको बताए ।  

 

यस्तै मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको उनले बताए । 
 

पुसको अन्तिम सातादेखि लगाइएको प्याज वैशाख १५ गतेदेखि उत्पादन लिन थालिने भन्दै उनले पहिलो पटक गरिएको कार्यक्रमको प्रभावकारिता हेरेर आगामी कार्यक्रम ल्याइने बताए । प्याजखेती गर्दा विषादीको प्रयोग कम हुने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न खोजिएको हो । वैशाख जेठमा उत्पादन हुने भएकाले भण्डारणमा समस्या हुने भए पनि यसलाई व्यवस्थित गर्न सके आयात रोक्न मद्दत पुग्ने उनले बताए ।