Ad Image

हलगोरु पाल्ने किसानलाई पोखरा महानगरको अनुदान

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744865994.jpg

कास्की । पोखरा महानगरपालिकाले हलगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार १० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ ।

 

महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको  महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

 

पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उनले बताए ।

 

गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन दिएका थिए । महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो ।