Ad Image

राक्सिराङ गाउँपालिकाको ४३ कोठे भवन निर्माण अन्तिम चरणमा

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744870650.PNG

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको ४३ कोठे भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।


जिल्लाकै दुर्गममा रहेको राक्सिराङको कार्यालय भवनको निर्माण कार्य ८० प्रतिशत भन्दाबढी भइसकेको छ । गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा २०७८ असारदेखि निर्माण सुरु भएको भवन चार तले ४३ कोठे छ। सम्झौता अनुसार ०८२ असार मसान्तसम्म निर्माण कार्य सकिनु पर्ने छ ।


भवन निर्माणको काम जयमाता ईन्जिनियरिङ निर्माण कम्पनीले गरिरहेको छ । सम्झौताअनुसार समयमै काम सक्ने गरी काम अघि नबढेको गाउँपालिकाका प्राविधिक विनोद पराजुलीले बताए । करिब ७ कठ्ठा जमिनमा ६ करोड ४२ लाखको लागतमा उक्त कार्यालय भवन बनिरहेको छ ।


उक्त भवन तयार भएपछि गाउँपालिकाको कार्यालय र शाखाहरू सबै एउटै छानामुनि हुने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । अहिले गाउँपालिकाले एक तले कच्ची भवन निर्माण गरेर पालिकाका बासिन्दालाई सेवा दिँदै आएको छ भने स्वास्थ्य, कृषिलगायत शाखाहरू अन्य संघसंस्थाका भवनमा आश्रय लिएर बसेका छन् ।