Ad Image

ऐतिहासिक पोखरी 'इखा पुखु'लाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्ने कार्य हुँदैछ : बालेन साह

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744876078.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ महानगरपालिकाकामा रहेको ऐतिहासिक पोखरी इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्ने कार्य सुरु भएको बताएका छन् ।


बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले ३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी रहेको उल्लेख गरेका छन् । जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्टाइएको बताइएको छ ।


पोखरीको वरिपरि २ मिटर चौडाइको पैदल मार्ग निर्माण गरिने बालेनले उल्लेख गरेका छन् ।