Ad Image

करिब २ सय ४४ किलोग्राम गाँजा सहित बोलेरो चालक पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744878482.jpg

सर्लाही । अवैध लागूऔषध र गाँजा सहित  बोलेरो चालक पक्राउ परेको छ ।


लालबन्दी नगरपालिका-११ हिरापुरबाट करिब २ सय ४४ किलोग्राम अवैध लागूऔषध र गाँजा सहित बोलेरो चालक पक्राउ परेका हुन। 

 

पक्राउ पर्नेमा  साेही नगरपालिका नवलपुर -१ बस्ने २५ वर्षीय सुशिल चौधरी रहेका छन् ।  उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
 

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई ल्याएको उक्त परिमाणको गाँजा फेला परेकाे थियाे। पक्राउ परेका चौधरीलाई प्रहरी हिरासतमा राखिएकाे छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे छ।