Ad Image

काठमाडौँ महानगरले डोजर लगाएर कवाडी सङ्कलन केन्द्र हटायो

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744882465.jpg

काठमाडौँ ।  पटक–पटक सूचना दिँदासमेत अटेरी गरेपछि काठमाडौँ महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ । काठमाडौँ महानगरपालिका–३२ मा पर्ने ती केन्द्रहरू हटाउनका लागि छवटा टोल सुधार समिति तथा स्थानीय बासिन्दाले उजुरी गरेपछि आज डोजर लगाइएको हो ।


महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेका तीनवटा कवाडी सङ्कलन केन्द्रहरू हटाइएको हो । ‘आवासीय क्षेत्रमा पर्ने ती केन्द्रहरू हटाउनका लागि पटक–पटक आग्रह गरिँदा अटेरी गरेपछि आज डोजर चलाइएको हो,’ उनले भने ।


उक्त स्थानमा डोजर लगाएर हटाउने क्रममा दुई मजदुरले विरोधस्वरूप ढुङ्गामुढा गरेका थिए । ढुङ्गाले डोजरको सिसा फुटेको र ढुङ्गामुढा गर्ने दुई जनालाई नियन्त्रणमा लिएको उपरीक्षक अर्यालले जानकारी दिए ।


स्थानीयवासीले बालबालिकाको पठनपाठनमा असर परेको, सामाजिक असुरक्षा सिर्जना भएको लगायतका गुनासो गर्दै ती सङ्कलन केन्द्र हटाउन माग गर्दै आएका थिए ।