Ad Image

बाउन्न किलो गाँजासहित एक जना पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744888776.jpg

मकवानपुर । मकवानपुरको मनहरीबाट बाउन्न किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


इलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले वैशाख ३ गते (बुधबार) गाँजाको भारी बोकी हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।


पक्राउ पर्ने व्यक्ति मनहरी गाउँपालिका–६, सुनाचुरी बस्ने ५० वर्षीय बाबुराम मुक्तान रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा ब्रमादेवी सामुदायिक वनको रुपाचुरी क्षेत्रबाट नयाँ बस्ती तर्फ गाँजा बोकी पैदल आइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।


उनको साथबाट बरामद गरिएको गाँजा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लागुऔषध सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।