राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा


काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। शुक्रबार डा.भट्टले राजीनामा बुझाएका हुन् ।
भट्ट गभर्नर बन्ने चर्चा चलिरहेकै बेला उनले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्टलाई गभर्नर बनाउने विषयमा सहमति भएको बुझिएको छ ।
सरकारले गभर्नर नियुक्त गर्नका लागि बनाएको सिफारिस समितिको बैठक आज नै बस्ने र भट्टसहित तीन जनाको नाम सिफारिस गर्ने तयारी छ।
यसअघि राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि राजीनामा दिएका छन् ।