Ad Image

बारामा तीन सय ६७ किलो गाजासहित पाँच जना पक्राउ

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744961287.jpeg

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा बाराको विभिन्न स्थानबाट अवैध लागुऔषध गाजा बरामद गरेको छ । तीन सय ६७ किलो एक सय ४० ग्राम अवैध लागुऔषध गाजासहित एक भारतीय र चार जना नेपाली पक्राउ परेका हुन् ।  


 

जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनीबाट बिहीबार मध्यरातमा ना ५ ख २५०४ नम्बरको मिनि ट्रकलाई चेक जाँच गर्दा १९ वटा पोकामा लुकाई राखेका तीन सय पाँच किलो  लागुऔषध गाजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताएका छन् ।

 

ईलाका प्रहरी कार्यालय सिमराबाट खटेको टोलीले हेटौ‌‍‍‍डाबाट वीरगञ्जतर्फ जाँदै गरेको मिनी ट्रकसहित ओसारपसार कार्यमा संलग्न रहेका तीन जना व्यक्ति समेतलाई नियन्त्रणमा लिएकाे ५ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला कैलास गाउँपालिका–४ बस्ने ३२ वर्षीय ट्रक चालक राजन लामा, सोही स्थानका वडा नम्बर १० बस्ने ट्रकमा सवार २७ वर्षीय जिवन ठोकर र मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन रहेका छन् ।


 

त्यसै बारा प्रहरीले विशेष सूचनाको आधारमा बिहिबार ईलाक प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले बाराको प्रसौनी गाउँपालिका–४ स्थित खुटवाको एक घरबाट बिक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको दुई किलो एक सय ४० ग्राम लागुऔषध गाजासहित ३१ वर्षीय पवन कुमार साहलाई नियन्त्रणमा लिएको छ ।

 

यस्तैगरी विशेष सूचनाकै आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले बाराको पचरौता नगरपालिका–१ मुसहरीटोलस्थित एक मकैबारी हुँदै नेपालबाट भारततर्फ गाजा निर्यात हुँदै गरेको सुचनाकै आधारमा प्रहरीले टाउकोमा बोकी ओसार पसार गर्दै गरेका एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।


प्रहरीले ओसार पसार गर्ने भारतको बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई चारवटा पोकामा रहेको ६० किलो लागुऔषध गाजासहित पक्राउ गरेको हो ।