Ad Image

धरानका मेयर साम्पाङले सामुदायिक वनको रुख काटेको विषयमा छानबिन सुरु

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1744974944.jpg

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अनुमतिबिना सामुदायिक वनको रुख काटेको विषयमा डिभिजन वन कार्यालय सुनसरीले छानबिन सुरु गरेको छ । मेयर साम्पाङले अनुमतिबिना रुख काटेको उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले छानबिन समिति बनाएर अनुसन्धान सुरु गरेको हो ।

 

तीन सदस्यीय छानबिन समितिको संयोजकमा बिष्णुपादुका सवडिभिजन वन अधिकृत महेश कुमार शाह छन् । समिति सदस्यमा पञ्चकन्या सवडिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे छन् । मेयर साम्पाङले जथाभावी रुख काटेको विषयमा उजुरी परेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरेको छानबिन समितिले जनाएको छ ।

 

उनीहरुले मेयर साम्पाङले रुख काटे नकाटेको स्थलगत छानबिन गर्ने बताएका छन् । स्थलगत छानबिन गरेर समितिले बनाएको प्रतिवेदनका आधारमा रुख काटेको भए सोही अनुसार सजायको व्यवस्था गर्ने बताइएको छ ।


गत चैत १९ गते मेयर साम्पाङले फायर लेन बनाउने भन्दै धरान–२० बिष्णुपादुका सामुदायिक वनको जङ्गलमा रुख काटेको आरोप छ ।