जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

बारा । जिल्लाको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो जीतपुर सिमरा नगरपालिका–१६ स्थित भूइँपुलमा निजगढबाट पथलैया जाँदै गरेको प्र २–०३–००१ख०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१–०२५ च ५०७६ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा कार चालक सर्लाहीको सुन्दरपुरका जितनारायण साह र कारमै सवार सर्लाहीको बरहथवा–१५ का नारायणहरी शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारको लागि प्रसुति अस्पतालमा लगिएको थियो । अस्पतालमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन्। घटनापछि टिपर चालक फरार भएका छन्। उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।