Ad Image

काश्मिरमा ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प, दिल्लीसम्म धक्का

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745052620.jpg

काठमाडौं । भारतको काश्मिरमा शक्तिशाली भूकम्प गएको छ । शनिबार दिउँसो साढे १२ बजे ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।


भारतीय सञ्चार माध्यामहरुका अनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजिकिस्तान सीमामा जमिनको सतहबाट ८६ किलोमिटर गहिराइमा रहेको छ । भूकम्पको धक्का दिल्लीका साथै पाकिस्तान र अफगानिस्तानसम्म महसुस गरिएको छ ।

 

आज बिहान नै भारतको आसाममा पनि भूकम्पको धक्का महसुस भएको थियो ।