Ad Image

असल अभ्यास आदानप्रदान गर्न पालिकाहरुबीच समन्वय हुनुपर्छ: प्रमुख महर्जन

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745053089.jpg

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास आदानप्रदान गर्न पालिकाहरुबीचमा समन्वय हुनुपर्नेमा बताएका छन् ।

 

ललितपुर महानगरले भगिनी सम्बन्ध कायम गरेको सल्यान जिल्लाको शारदा नगरपालिकाका जनप्रतिनिधिहरुसँग आज भएको छलफलमा उनले स्थानीय सरकारको जिम्मेवारीमा रहेका पालिकाहरु समृद्ध हुन एकअर्काका असल अभ्यास आदानप्रदान गर्नुपर्ने बताएका हुन् ।

 

आर्थिक रुपले समृद्ध पालिकाले अन्य पालिकालाई सहयोग गर्नु उसको कर्तव्य भएको बताउँदै महानगर प्रमुख महर्जनले स्थानीयका समस्या समाधान गर्दै ललितपुर महानगर जनताकेन्द्रित रहेको बताए ।

 

शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगरका गतिविधिको सराहना गर्दै बजेट अभावका कारण आफूले विकास–निर्माणका सबै आयोजना कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।