निजामती ऐन माग गर्दै स्थानीय तहका कर्मचारीद्वारा आन्दोलनको घोषणा


काठमाडौं । निजामती ऐन यथाशीघ्र जारी गर्न माग गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । स्थानीय सेवा कर्मचारी सञ्जालले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख ७ गते ७५३ वटै पालिकाका प्रमुखमार्फत सरोकारवाला निकायको ध्यानाकर्षण गराउने कार्यक्रम छ ।
यस्तै, चैत ८ गते स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरू र बागमती प्रदेशका सम्पूर्ण स्थानीय तहका कर्मचारीहरु र उपलब्ध अन्य प्रदेशका स्थानीय तहका कर्मचारीहरु काठमाडौँमा भेला भई दबाबमूलक कार्यक्रम गर्ने र ७५३ वटै स्थानीय तहमा कालोपट्टी बाँधी काम गर्ने विज्ञप्तिमा उल्लेख छ।
फागुन ९ गते यथाशीघ्र स्थानीय तहका मागहरु समावेश नगरिए केन्द्रीय समितिको निर्णय बमोजिम काठमाडौँ केन्द्रित सडक आन्दोलन तथा सम्पूर्ण ७५३ वटै स्थानीय तहमा पेन डाउनका कार्यक्रमहरु गर्ने सञ्जालले जनाएको छ।

