Ad Image

राप्रपाका नेताहरू सिंहदरबारमै अड्किए, अध्यक्ष लिङ्देन बानेश्वर पुगे

User Image Mayorsap | एक महिना अगाडि
Image of storage/news/1745137600.jpg

काठमाडौं । प्रहरीले सुरक्षा कडाइ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित केही नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै अड्किएका छन् ।


उता, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने अन्य नेतासहित बानेश्वरस्थित आन्दोलनस्थलमा पुगेका छन् । लिङ्देन बानेश्वर पुग्दा शाही लगायतका नेताहरुलाई भने सिंहदरबारमै रोकिएको हो ।


शाहीसहितलाई डिएसपीको कमान्डमा खटिएको प्रहरी टोलीले कार्यालय बाहिर निस्कन नदिएको बताइएको छ। सांसद दीपक सिंह र बिना लामा पनि त्यहीँ अड्किएका छन् ।